Section 106
सूचना दिनु पर्ने
(१) विशेष व्यवस्थापन समूहले बीमकलाई नियन्त्रणमा लिई कार्य प्रारम्भ गरेको तीन दिनभित्र देहायको विवरण सहितको सूचना सम्बन्धित बीमकको प्रत्येक कार्यालयमा दिनु पर्नेछ:-

(क) सम्बन्धित बीमकलाई नियन्त्रणमा लिई काम सुरू

गरेको मिति र समय,

(ख) सम्बन्धित बीमकको मुख्य व्यवस्थापन हेर्ने वा

सम्बन्धित अख्तियार प्राप्त व्यक्तिको अख्तियारी तथा जिम्मेवारी खारेज गरिएको व्यहोरा, (ग) बीमितले बीमा दाबी गर्ने तरिका, समय र स्थान,

(घ) अन्य विभिन्न पक्षहरूले गर्ने विभिन्न दाबीको लागि

दाबी गर्ने तरिका, समय र स्थान।

(२) उपदफा (१) बमोजिमको सूचना प्रत्येक हप्ता प्रकाशन हुने गरी चार हप्तासम्म कम्तीमा दुई वटा राष्ट्रिय स्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइट मार्फत समेतमा प्रकाशन गर्नु पर्नेछ।

(३) विशेष व्यवस्थापन समूहले नियन्त्रणमा लिएको बीमकको अवस्था, अख्तियार प्राप्त अधिकारी तथा निजको अख्तियारीमा आएको परिवर्तन सम्बन्धी- जानकारी प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा लेखी पठाउनु पर्नेछ।